नियम
समितिको बैठक र निर्णय
  (१) समितिको बैठक आवश्यकताअनुसार बस्नेछ ।
(२) समितिको बैठक सदस्य–सचिवले बोलाउनेछ ।
(३) समितिको बैठक बस्नुभन्दा कम्तीमा चौबीस घण्टा अगावै सदस्य– सचिवले बैठकमा छलफल हुने कार्यसूची सहितको सूचना सबै सदस्यहरुलाई पर्नेछ ।
(४) समितिको कुल सदस्य सङ्ख्याको कम्तीमा पचास प्रतिशत सदस्य उपस्थित भएमा समितिको बैठकको लागि गणपुरक सङ्ख्या पुगको मानिनेछ ।
(५) समितिको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा  समितिका उपस्थित सदस्यहरुले आफूमध्येबाट छानेको सदस्यले गर्नेछ ।
(६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णाय मत समेत दिनेछ ।
(७) समितिले आवश्यकतानुसार नेपाल सरकारको कुनै पदाधिकारी, कर्मचारी वा अन्य सम्बद्ध व्यक्ति तथा विज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(८) समितिको निर्णय सदस्य–सचिवले प्रमाणित गरी राख्नेछ ।
(९) समितिको निर्णय सदस्य–सचिवले सार्वजनिक गर्नेछ ।
(१०) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।